इमान्दार संवाददाता
१११ पटक

बर्दिया । तिहार सुरु भएकै दिन बर्दियामा तनाव भएको छ ।

जिल्लाको बढैयातालमा आइतबार राति ‘गोली प्रहार’ गरी एक व्यक्तिबाट ५० हजार लुटपाट भएको छ। राति २ बजे गोबरियापुरका ३५ वर्षे मोहन खटिकमाथि अज्ञात समूहले ‘गोली प्रहार’ गरी रकम लुटेको हो।

परिवारका सदस्यले खटिकलाई गोली हानेको बताए पनि घटनास्थलमा गोलीको खोका नभेटिएको प्रहरीले जनाएको छ।

आक्रमणबाट घाइते भएका खटिकको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। खटिकको पेटमा चोट छ। खटिकलाई आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

२०७५ कात्तिक १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...