इमान्दार संवाददाता
१२६ पटक

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. ४ स्थानीय र प्रहरीबीच झडप भएको छ । कसमस सिमेन्ट उद्योगको चुनढुंगाको विषयलाई लिएर विवाद हुँदा कटारीको मरुवा खोलामा प्रहरीले महिलामाथि हातपात र लाठ्ठी चार्ज गरेको स्थानीयको आरोप छ ।

स्थानीय रिसव पौडेलका अनुसार डीएसपी ध्रुवकुमार श्रेष्ठको कमाण्डमा रहेको टोलीले स्थानीय महिलामाथि हातपात र लाठी चार्ज गरेको हो । गएको तीन चार दिनदेखि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो । स्थानीयले रोकेर राखेको टिप्पर खुलाउन गएको प्रहरीले स्थानीयलाई मार्ने धम्की दिँदै लाठी चार्ज गरेको हो स्थानीयले बताएका छन् ।

प्रहरीको लाठी लार्जले कटारी नगरपालिका ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए ।

प्रहरीले रक्सी खाएर शनिबार राति रोकेको टिप्पर खुलाउने वाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाएको उनले बताए ।प्रहरीले शरीरका विभिन्न भागमा हिर्काउनुकासाथै उनीहरुको कपडासमेत च्यातिदिएको र गालीगलौज गरेको घाइते राधिका राउतले बताए ।

इलाका प्रहरी कार्यलयका डिएसपी ध्रुवकुमार श्रेष्ठले चुनढुंगाको टिप्पर संचालनमा रोक लगाउँदै एउटा भीड जम्मा भएको थियो त्यही भीड खुलाउने क्रममा लाठी चार्ज गर्नुपरेको र केही महिलाहरु घाइते भएको स्वीकारे ।जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले आफूलाई विवाद नै थाहा नभएको बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आफूलाई घट्नाको बारेमा थाहा नभएको बताएका छन् । झडपमा घाइते ४ महिला कटारी अस्पतालमा उपचारपछि घर फर्केका छन् भने अन्य ४० जना महिला भागदौडमा सामान्य घाइते भएका छन् । कटारीदेखि १० किलोमिटरको दूरीमा रहेको वडमीमा कसमस सिमेन्टको चुनढुंगा खानी छ त्यहीाबाट कसमस सिमेन्ट उद्योगले चुनढुंगा ढुवानी गर्छ । दिनदिनै टिप्परको आतंक बढेपछि स्थानीयले नगरपालिकामा उजुरी दिएका थिए ।

२०७५ कात्तिक १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...