इमान्दार संवाददाता
५६ पटक

काठमाडौं । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् ।

राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थालेपछि मुख्यमन्त्रीले आत्तिएर आफूलाई पदमुक्त गरेको आरोप लगाए । उनले आफूलाई गलत साबित गरेर देखाउनसमेत मुख्यमन्त्रीलाई चुनौती दिए ।

मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग बाझेको भन्दै स्थापितलाई पदबाट हटाइएको भनिए पनि विवादको मूल जड प्रदेश स्थायी राजधानी भएको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच केही समयदेखि टकराव सुरु भएको थियो ।

मन्त्री पदको सपथलगत्तै स्थापितले हेटौंडाबाट चाँडै राजधानी सार्ने बताएपछि उनी र मुख्यमन्त्रीबीचको दूरी बढ्न थालेको थियो ।
मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृहजिल्लाको हेटौंडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए । तर, स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए । नागरिक दैनिकमा खबर छ ।

२०७५ कात्तिक १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...