इमान्दार संवाददाता
५३ पटक

काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुईलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ ।

जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो ।

हुन त रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ । भने एक खेलमा बराबरी खेलेको छ । स्पेनिस ला लिगामा शनिबार बार्सिलोनासँग रियल मड्रिड ५–१ गोलको भारी अन्तरले पराजित भएको थियो ।

अहिले रियल लिगमा नवौं स्थानमा रहेको छ भने उसको १० खेलबाट १४ अंक मात्रै रहेको छ । प्रशिक्षणको सुरुआत म्यान्चेष्टर युनाइटेडसँगको हारबाट गरेको लोपेटेगीले सात खेलमा पराजय भोगे भने नौ खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकाले ।

कमजोर टिमसँगको पराजय उनको बर्खास्तीको प्रमुख कारण हो । अझ ला लिगाको पछिल्लो पाँच खेलमा एक बराबरी खेल्दै रियलले चार खेलमा लज्जास्पद पराजय भोगेको थियो ।

२०७५ कात्तिक १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...