इमान्दार संवाददाता
४४२ पटक

काठमाडौँ । पूर्वजनमुक्ति सेना नेपालको भेला सम्पन्न भएको छ । असंगठित रुपमा रहेका जनमुक्ति सेनाको पहिलो राष्ट्रिय भेला हालै काठमाडौँमा सम्पन्न भएको हो ।

अहिलेसम्म कुनै पनि संगठनमा नरहेका र कुनै पनि पार्टीमा अवद्ध नभएका पूर्व जनमुक्ति सेनाले पहिलो भेला गरेका छन् । भेलाले ‘पूर्व जनमुक्ति सेना नेपाल’ नाम पनि राखेको छ ।

पहिलो भेलाले नयाँ नेतृत्व पनि चयन गरेको छ । नयाँ नेतृत्वसँगै भेलाले गरेका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । दिउँसो ३ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

एक सहभागीका अनुसार अयोग्य र स्वच्छिक अवकासमा गएको पूर्व जनमुक्ति सेना सहभागी भएका थिए । यसअघि कि अयोग्य भनिएकाको अलगै र अवकासमा गएकाहरुको अलगै संगठन बनेका थिए तर यो पटक दुबै चरणमा बाहिर गएका जनमुक्ति सेना सहभागी भएका छन् ।

भेलाले देशभर संघर्षका कार्यक्रम पनि तय गरेको छ । अहिलो चरणमा आफ्नो अधिकार, जनयुद्धमा आफूहरुले लेखेको भूमिकालाई संस्थागत गर्ने, दोस्रो चरणमा समाजमा भइरहेको विकृति विसंगतिविरुद्ध संघर्ष गर्ने बताइएको छ ।

त्यसैगरी पूर्व माओवादी नेताहरुले आफूलाई अलपत्र पारेर आफू सत्ता र महलमा रमाएको भन्दै उनीहरुविरुद्ध पनि संघर्ष गर्ने निर्णय पनि भेलाले गरेको छ ।

माओवादी नेता र आफ्नै कमाण्डरहरुले भ्रष्टाचार गरेको सम्पती सार्वजनिक गर्न माग पनि उनिहरुले उठाउने भएका छन् । ब्यारेकमा भएको भ्रष्टाचारको भण्डाफोर गर्ने, भ्रष्टाचारी कमाण्डरको घरमा कालोझण्डा गाँठ्नेसम्मका कार्यक्रम गर्नेबारे पनि छलफल भएको सहभागी एक सदस्यले बताए ।

२०७५ कात्तिक ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड