आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१९ पटक

काठमाडौं । लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्इ वटा हेलिकोप्टर ठूलो दुर्घटनाबाट बँचेको छ । एयर डाइनेस्टीको हेलिकोप्टर अवतरण र माउन्टेन एयरको हेलिकोप्टर उडानको क्रममा रहँदा एकआपसमा ठोक्किएका थिए ।

सोमबार विहान करिब १०ः४५ बजे एयर डाइनेस्टीको ९–ए–एमआइ कलसाइनको हेलिकोप्टर हेलिप्याडमा अवतरण गर्ने क्रममा डाउनवार्ड्सले माउन्टेन एयरको ९–एन–एकेबीको पंखामा ठोकिएको विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले जानकारी दिए ।

दुर्इवटा हेलिकोप्टर एकै समयमा उडान भर्न लाग्दा दुर्घटना भएको थियो । एयर डाएनेस्टीको हेलिकोप्टरमा चालक सुशान्त दुलाल थिए भने माउन्टेन हेलिकोप्टरका चालक पेम्बा नोर्बु शेर्पा थिए ।

२०७५ कात्तिक ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...