इमान्दार संवाददाता
४४२ पटक

काठमाडौं । काठमाडौंको  रातोपुलमा नक्कली नोट बनाउने कारखाना भेटिएको छ ।

शनिबार राति ललितपुरको मच्छेगाँउबाट नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेपछि खोजी गर्दा नक्कली नोट बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले ३ लाख नेपाली रुपैयाँ नक्कली नोट पनि बरामद गरेको प्रहरी प्रवक्ता मोहन थापाले जानकारी दिए । उनीहरुको साथबाट नक्कली नोट छाप्ने मेसिन, पनि बरामद भएको छ । पक्राउ परेकालाई केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

२०७५ कात्तिक ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड