इमान्दार संवाददाता
५६३ पटक

धनुषा ।

महोत्तरीमा ८ महिने शिशुको बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त २ महिनापछि पक्राउ परेका छन् । जिल्लाको औरही नगरपालिकाकी सोनाली चौधरीको हत्याको अभियोगमा भंगहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षका भरत साह पक्राउ परेका हुन् ।

सोनालीलाई बलात्कार गरी हत्या गरेर फरार रहेका उनलाई सुनसरीको इनरवा भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो । भण्टाबारी प्रहरी चौकीको टोलीले शिशु हत्याको अभियुक्तलाई पक्राउ गरेको हो ।

स्थानीय व्यवसायी सन्तोष चौधरीकी छोरी सोनाली गएको भदौ ९ गते साँझ आमाकै काँखबाट खेल्दै गरेको बेला भरत साहले खेलाउन मागेर बलात्कार गरी हत्या गरेर शवलाई आँप बगैंचामा फालेका थिए । शिशुलाई मागेर लगेको फुटेज व्यवसायी चौधरीको पसलमा जडान गरेको सीसीटीभी क्यामेरामा कैद भएको थियो । त्यहि फुटेजबाट हत्यारा साह रहेको पहिचान भएको थियो । तर घटना पश्चात हत्यारा साह लुक्दै आएका थिए ।

घटना पश्चात हत्यारालाई चाँडो पक्राउ गरी कार्वाही गर्न औरहीबासीन्दाले बजार, सडक यातायात बन्द गरी झण्डै एकसातासम्म आन्दोलनसमेत गरेका थिए । पक्राउ परेका हत्यारा साहलाई महोत्तरी ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

२०७५ कात्तिक ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...