आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३३ पटक

काठमाडौं । 

दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबतर्फ गएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पियोलाई साउदी राजासँग कुरा गर्न त्यसतर्फ पठाएका हुन् । राष्ट्रपति ट्रम्पले राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान विदेशमन्त्री पोम्पिओलाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले आफूलाई राजा सलमानले ती पत्रकारका सम्बन्धमा के भएको हो भन्नेबारे कुनै जानकारी नभएको बताएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति ट्रम्पले पत्रकार बेपत्ता हुनुको पछाडि ‘बदमास हत्याराहरू’ जिम्मेवार रहेको हुनसक्ने बताए । उनले साउदी राजा सलमानसँग बेपत्ता भएका पत्रकार खसोगीका विषयमा विदेशमन्त्रीले विस्तृत कुरा गर्ने जानकारी दिए ।

साउदी राजासँग कुरा गरेपछि विदेशमन्त्री तत्कालै टर्की जाने र त्यहाँका अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । टर्कीका अधिकारीहरूले यही अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा जमाल खसोगीको हत्या भएको दाबी गर्दै आएका छन् ।

तर साउदीका अधिकारीहरूले भने जमाल खसोगी नियमित काम सकेर वाणिज्य दूतावासबाट बाहिरिएको जिकिर गर्दै आएका छन् । २०७५ असोज ३० मा प्रकाशित ।

२०७५ असोज ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...