आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३१३ पटक

दाङ । 

प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ का वडाअध्यक्ष टेकबहादुर भट्टराईले कार्यामै चक्क प्रहार गरेका थिए । पूर्व माओवादी केन्द्रबाट निर्वाचित भट्टराईले पत्रकार पिबीको पछाडिबाट चक्कु प्रहार गरेका थिए ।

घाइते पत्रकार पिबीका अनुसार नगरपालिका भित्रका खोलाको ठेक्काको विषयमा वडाअध्यक्ष र नेत्रबहादुर घर्तीबीच विवाद भएको थियो । वडाअध्यक्ष भट्टराईले घर्तीमाथि चक्कु प्रहार गर्न लाग्दा पत्रकार पिबी छुट्याउन गएका थिए । त्यही चक्कुले वडाअध्यक्षले पत्रकार पिबीको पछाडिबाट टाउकोमा हानेका थिए ।

उपचारमा रहेका पत्रकार पिबीले आफूमाथि वडाअध्यक्षले किन आक्रमण गरे केही जानकारी नभएको बताए ।  कमिसनको चलखेल हुन लागेको सूचना आएपछि पत्रकार पिबी नगरपालिका पुगेका थिए । ठेक्काको विवादबारे सार्वजनिक हुने डरले हानेको हुन सक्ने बताइएको छ ।

२०७५ असोज ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...