आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४१५ पटक

प्युठान । प्यूठानमा एक जना जनप्रतिनिधिले पत्रकारमाथि धरिलो हतियार प्रहार गरी भौतिक आक्रमण गरेका छन । स्वार्गद्वारी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर भट्टराईले पत्रकार केन्द्र पिबीमाथि भौतिक आक्रमण गरेका हुन् ।

घाइते पत्रकार पिबीका अनुसार सोमबार दिउँसो ३ बजेतिर वडाध्यक्षले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृको कार्यकक्षमा नै धारीलो हतियार प्रयोग गरेर हानेका हुन ।

कार्यालयमा रहेका नेत्रबहादुर घर्तीलाई हतियार प्रहार गर्दा छेक्न गएका पत्रकारलाई भट्टराईले पछाडीबाट धारिलो हतियार खुकुरीले हानेका हुन् ।

स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिको अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक पिविको अहिले स्थानिय अस्पतालमा उपचार भैरहेको छ ।

पिबीमाथिको आक्रमणको चौतर्फी विरोध भइरहेको छ । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका पत्रकार पिबी खतरामुक्त रहेको स्रोतले जनाएको छ ।

२०७५ असोज २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...