आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२०७ पटक

कपिलवस्तु ।

सहकर्मी प्रहरीबाटै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरी बलात्कार प्रयासको शिकार बनेकी छिन् ।

गएको असोज २० गते राति १० बजे महिला प्रहरिमाथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत वलीले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ । घटना एक साता अघिको भए पनि अहिलेसम्म प्रहरीले घटनालाई गोप्य राखिएकाे थियाे ।

जबरजस्ती करणीको प्रयास गरेको आरोप खेपेका प्रहरी जवान वली अहिले निलम्बनमा प्रहरी हिरासतमा रहेको प्रहरी नायव उपरीक्ष रवि रावलले बताए। प्रहरी नियन्त्रणमा रहेका प्रहरी जवान वलीलाई असोज २२ गते जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्धा अन्तर्गत अनुसन्धानका लागि ७ दिन थुनामा राख्न आदेश दिएको छ ।

पीडित महिला प्रहरीका श्रीमान्ले जवरजस्ती करणी उद्योगको मुद्धा अन्तर्गत प्रहरी जवान वली विरुद्ध किटानी जाहेरी दिए पछि मुद्धा प्रक्रिया अघि बढेको हो ।

राति करीब १० बजेको समयमा आफ्नै कोठा अगाडिबाट आफूलाई जबरजस्ती करणीको प्रयास गर्न खोज्दा आफूले प्रतिकार गरेर बचेको महिला प्रहरीले बताइन । महिला प्रहरीको प्रतिकार पछि वली त्यहाँबाट फरार भएका थिए ।

२०७५ असोज २९ मा प्रकाशित ।

२०७५ असोज २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...