इमान्दार संवाददाता
१७६ पटक

काठमाडौं । 

घटस्थापनादेखि शुरु भएको दशैं मनाउन जन्मथलो फर्किने क्रम नवमीसम्म जारी रहन्छ । उपत्यका छाडेर बाहिरिनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । दशैं नजिकिँदै गर्दा यात्रुको चाप पनि निकै बढेको छ ।

बसपार्क लगायका क्षेत्रमा चहलपहल निकै बढेको छ भने काठमाडौं उपत्यकाका भित्री भागहरुमा विस्तारै चहलपहल घट्दै गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा अनुसार आइतबारसम्ममा उपत्यका छाड्नेको संख्या २३ लाख भन्दा बढी भइसकेको छ । यस वर्षको दशैंसम्म टिकट बुक गर्ने÷नगर्ने गरी झण्डै ४० लाखले उपत्यका छाड्ने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ ।

टाढा पुग्नुपर्ने लामो दरी यात्रुहरु प्रायः छिटै जाने गरेपनि उपत्यकाबाट नजिक घर भएकाहरु टिकाको अघिल्लो दिनसम्म पनि घर फर्किन्छन् । त्यसैले यात्रुको चाप नवमीको दिनसम्मै रहने प्रहरीको अनुमान छ । मुख्य नाकाहरूमा प्रहरीले सुरक्षा चेकिङमा पनि कडाइ गरेको छ ।

काठमाडौँका मुख्य ६ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएको महाशाखाको भनाइ छ ।

२०७५ असोज २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...