आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२० पटक

नेपालगञ्ज । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

गएराति पौने १२ बजे भे५प २३९१ नम्बरको मोटरसाईकल पल्टिँदा कोहलपुर–१५ हवल्दारपुरका २० वर्षीय जीवन चौधरी र १८ वर्षीय दिपेन्द्र थारु गम्भीर घाइते भएका थिए । घाइतेमध्ये जीवनको उपचारको क्रममा गएराति सवा २ बजे मृत्यु भएको हो ।

दिपेन्द्रको भने नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ असोज २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...