आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२५५ पटक

काठमाडौं । 

जर्मनीमा एउटा सानो निजी विमान दुर्घटना हुँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ । एउटा इन्जिन मात्र भएको विमान हेसे प्रान्तको वासार्कुपे हिमाल नजिकैको फुल्दा शहरमा दुर्घटना भएको हो ।

मानिसको भीडभाड भएको ठाउँमा खसेको विमान दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा चार जना यात्रु र एक पैदल यात्री रहेका छन् । बिमान चालक भने सामान्य घाइते भएका छन् ।

विमानस्थलबाट विमानले उचाई लिने क्रममा एक्कासी खसेको बताइएको छ । मौसम सफा भएकै अवस्थामा विमान दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।(एजेन्सी)

२०७५ असोज २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...