इमान्दार संवाददाता
२२ पटक

काठमाडौं ।

दशैंको मुखैमा नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले बिभिन्न माग राख्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला अध्यक्ष नरेन्द्र भाटको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमै पुगेर क्रान्तिकारीले बिगतको सहमति र भर्खरै राज्यसँग भएको सम्झौता अनुसार सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत ४५ प्रतिशत छुट गरी सहज ढंगले टिकट वितरण गरिनुपर्ने, यातायात ब्यबसायी र कर्मचारीहरुबाट यात्रुहरुलाई हुने अभद्र, अशिष्ट, अमर्यादित र असभ्य ब्यबहार तत्काल सच्याइनु पर्ने, चाँडपर्वलाई मध्यनजर गर्दै वैकल्पिक सवारीसाधनको ब्यबस्था गरिनुपर्ने, दुर्घटना न्यूनीकरणका लागि क्षमताभन्दा बढी यात्रु बोक्न प्रतिबन्ध लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै अनावश्यकरुपमा दैनिक उपभोग्य बस्तुको मूल्यवृद्धि गर्ने र कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याइनुपर्ने, हप्तैपिच्छे भइरहेका हत्याकाण्ड, गुण्डागर्दी रोक्न मदिरा, जुवातास अविलम्ब नियन्त्रण, नियमन गरी सम्भावित चुनौतीप्रति सजग गराउनुपर्ने र सीमाक्षेत्रमा दिनहुँजसो भइरहेका लुटपाटका घटनाहरु नियन्त्रण गर्नुपर्ने क्रान्तिकारीको माग छ ।

शुक्रबार ज्ञापनपत्र बुझ्दै प्रमुख अधिकारीले क्रान्तिकारीले उठाएका मागहरु जायज भएको भन्दै आफुले यसविषयमा आवश्यक छलफल गरेर कार्यन्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

दशैं नजिकिएसँगै जिल्लामा अप्रिय घटना घट्न नदिन सचेत गराउने उदेश्यसहित विद्यार्थीको सहुलियतका लागि यातायात व्यवसायी र सरकारबीच भएको सहमति, सम्झौता कार्यन्वयन गराउनका लागि पनि आज ज्ञापनपत्र बुझाइएको क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भाटले बताए ।

हेर्नुहोस् ज्ञापनपत्र

 

२०७५ असोज २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड