इमान्दार संवाददाता
३०० पटक

बझाङ । बागथलाबाट बिजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

बुंगल नगरपालिकाको वडा नम्बर ५ मिणीबगर भन्ने ठाउँमा जीप दुर्घटना हुँदा कञ्चरपुर बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षिया विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षिया धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यस्तै जीप दुर्घटनामा परी १२ जना घाईते भएका छन् । घाइते हुनेमा कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका बस्ने ३० वर्षिया मुडु बोहरा, ३५ वर्षिया प्रेम बोहरा, १० बर्षिया कविता बोहरा, १२ बर्षिया माया बोहरा, ४३ बर्षिया लालमती बोहरा रहेका छन् । यस्तै सोही ठाँउका चन्द्रसिहँ बोहरा, विरेन्द्र बोहरा रहेका छन् ।

यस्तै बुंगल नगरपालिका ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुंगल नगरपालिका ८ का धिरेन्द्र बोहरा चालक केदार स्युँ गाँउपालिका ४२ वर्षिया रणबहादुर खाती र सहचालक सुनील खाती घाइते भएका छन् ।

घाइतेहरुको देउरा स्वास्थ्य-चौकीमा उपचार भैरहेको छ । घटना के-कति कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । बुंगल नगरपालिमा पुजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।

२०७५ असोज २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड