आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
११० पटक

काठमाडौ ।

नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले सरकारले अाईतबार पत्रकार कर्मचारीकाे वृद्धि गरिएकाे पारिश्रमिक कात्तिक १ गतेदेखि लागू गरिछाड्ने दृढता व्यक्त गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीकाे नेतृत्वमा गएकाे टाेलीले साेमबार बुझाएकाे मागपत्र बुझ्दै अध्यक्ष विष्टले संगठनका माग जायज भएकाले जस्ताेसुकै चुनाैति अाएपनि लागू गरिछाड्ने प्रतिवद्धता व्यक्त गरे । “अाफु अध्यक्ष भएपछि पहिलाेपटक तपाईहरुले श्रमजीवीका मुद्दा उठाउनुभयाे, म पनि श्रमजीवीका पक्षमा लागेकाे मान्छे, तपाईका माग सही छन् यी मुद्दाका बारेमा म अाजैदेखि गृहकार्यमा लाग्छु”- विष्टले भने ।

महासचिव बाबुराम भुषाल, वरिष्ठ केन्द्रीय सदस्य कमल बुढा, धनञ्जय बुढालगायतकाे टाेलीसँग छलफल गर्दै उनले स्टिञ्जरका विषयमा पनि कसैलाई निष्काशन नगर्ने अर्काे प्रतिवद्धता व्यक्त गरे ।

“स्टिञ्जरहरुलाई निष्काशन नगर्न र मापदण्ड बनाएर काममा निरन्तरता दिनैपर्छ” उपाध्यक्ष जैसीकाे भनाईमा समर्थन जनाउँदै अध्यक्ष विष्टले भने- “म पनि श्रमजीवी पक्षधर भएकाले मापदण्ड बनाएर सबैलाई एकचरण काम गर्न लगाउँछु र सक्रिय बनाउँछु, कसैलाई निष्काशन गर्ने साेचिएकाे छैन ।”

संगठनले एकमहिना बराबरकाे तलव दशैं भत्ता दिन गरिएकाे माग पनि जायज भन्दै उनले पूरा गर्ने बताए। श्रमकाे उचित सम्मान गर्नुपर्ने, सम्पादकीय स्वतन्त्रताकाे ग्यारेन्टी गर्नुपर्ने, असहमत हुँदाहुँदै पनि पारिश्रमिक बृद्धिसम्बन्धी सरकारले गरेकाे कार्यान्वयन गर्नुपर्ने, प्रेस स्वतन्त्रताकाे ग्यारेन्टीका लागि वातावरण बनाउनुपर्ने लगायतका माग राखेर संगठनले ज्ञापनपत्र बुझाएकाे थियाे ।

२०७५ असोज २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...