इमान्दार संवाददाता
१६१ पटक

काठमाडौं ।

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । उनको आफ्नै घर टिकाथलीमा निधन भएको हो । रुख काट्ने क्रममा विजुलीको पोल ढलेर लागेपछि उनलाई उपचारका लागि वीएन्डवी अस्पतालमा ल्याइएको थियो ।

अस्पताल ल्याउने क्रममा उनको निधन भएको वुझिएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले बोगटीको निधन भएको बताइन् । अहिले उनको पार्थिव शरीरलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिइन् ।

२०७५ असोज २३ मा प्रकाशित ।

२०७५ असोज २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड