इमान्दार संवाददाता
४५ पटक

काठमाडौं ।

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको ३७ पेज लामाे प्रतिवेदन अाइतबार साँझ गृहको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिवेदनले तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बमदिदी बहिनीमाथि नै शंका गर्नु पर्ने ठाउँ भएको भन्दै थप अनुसन्धान गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

गत साउन १० साथीको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएपछि प्रहरीले छानविनमा लापरबाही गरेको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो ।

पछि प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनाएको थियो । उक्त आन्दोलनका क्रममा भगतपुरका बालक सन्नी खुनाले ज्यान समेत गुमाएका थिए ।

हेर्नुहोस् यस्तो छ प्रतिवेदन

 

२०७५ असोज २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड