आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
११९ पटक

काठमाडौं ।

नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरीचरण शाहले हिजो गणतन्त्र स्थापनार्थ लड्नेहरु नै आज ‘ओलीशरणम्’ भन्दै एमालेमा बिलय भएको बताएका छन् ।

आइतबार संचाकर्मी प्रताप शर्मासँग कुरा गर्दै अध्यक्ष शाहले केहि समयअघि भएको एमाले-माओवादी एकताको प्रसँग निकाल्दै हिजो गणतन्त्र ल्याउन लडेकाहरु नै आज स्वार्थपूर्तिका लागि ओलीशरणम् गरेर एमालेमा बिलय भएको बताएका हुन् ।

समतामूलक राष्ट्र निर्माणका लागि भन्दा पनि पद र पावरको स्वार्थका लागि च्याउझैँ राजनीतिक दलहरु उम्रिए पनि थ्रेशहोल्डका कारण ति सबै पार्टीहरु सकिएर गएको उनको तर्क छ । ‘भ्रष्ट्राचार गर्न पाइन्छ, माथिल्लो पद पाइन्छ, सत्ताको शक्तिमा पुगिन्छ भन्ने लोभले पार्टी खोल्नेहरू थिए । कुनैबेला त् टेलीफोन सेट पाउनका लागि पनि मान्छेहरुले राजनीतिक पार्टी खोले । तर त्यस्ता पार्टीहरु अहिले सकिए ।’ उनले भने- ‘अहिले तपाईले पनि देख्नुभयो अखण्ड नेपाल पार्टी कांग्रेसतिर गए, समाजवादी पार्टी कता कता पुगे, माओवादीको कुरा गरौं, प्रचण्ड र प्रेमबहादुर सिंहजीहरु एमालेमा गए ।’

पदको लोभले मधेसमा खुलेका सानातिना पार्टीहरु पनि अहिले त्यहि पद जोगाउनका लागि २ धारमा उभिएको उनले बताए । नेपाललाई सम्बृद्ध, बिकशित र हिंसारहित मुलुक बनाउने भन्दा पनि पदको लोभले २०७० सालमा ३२ वटाको संख्यामा पुगेका दलहरु अहिले एउटै कुवामा हाम फालेर बसेको उनको दावी छ ।

तर नेपाली जनता दल पद प्रतिष्ठाका लागि कोहि कसैसँग सम्झौतामा जाननसक्ने भन्दै उनले आफ्नो बिचार र सिद्धान्तमा अडिग रहेर नेपाली समाज र सिङ्गो मुलुकलाई विकासको बाटोमा अगाडि बढाउँन लागिपरेको बताए । नेपाली जनता दलसँग श्रमिक जनता पार्टी र लोकजनशक्ति पार्टीसहित केहि साना दलहरु एकतामा आइसकेको जानकारी दिँदै उनले भने- ‘यसैगरी मधेसका अरु २/४ वटा पार्टीहरुसँग पनि यो हो सिद्धान्त र दृष्टिकोण भन्दै एकीकरणमा आउनका लागि छलफल भइरहेको छ ।’

केहि पार्टीका व्यक्तिहरुले आफ्ना बाउछोरीलाई नै माननीय बन्न अफर दिएको खुलासा गर्दै उनले भने- ‘केहिले त् भन्दैथिए बाउ छोरी आइहाल्नुहोस र माननीय बनिहाल्नुहोस । पार्टी हामीलाई बुझाईदिनुहोस । तर मैले भने मोर्चाबन्दी हुनसक्छ तर विचार सिद्धान्त मर्ज गर्न सकिदैन । र त्यो मर्ज गर्ने कुरा पनि होइन ।’

बरु देशका लागि आफूहरु संसदमा प्रतिपक्षी बनेर खबरदारी गरीरहने उनको तर्क छ ।

२०७५ असोज २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...