इमान्दार संवाददाता
२०१ पटक

काठमाडौं । नेपाल आइडलको छनौंट अडिसन धनग‍ढीबाट चर्चामा आएका नरेश पातलीको स्वर र अभिनयमा रहेको ‘आइह्याब अ गर्लफ्रेण्ड’ सार्वजनिक भएको छ ।

केही समय अगाडी नेपालकै चर्चित हाँस्य टेलीशृङ्खला भद्रगोलमा पनि आफ्नो क्षमता प्रदर्शन गरेका पातलीले यस गीतमा स्वर र शशक्त अभिनय गरेका छन् ।

बादल घिमेरेको प्रस्तुतीमा रहेको आइह्याब अ गर्लफ्रेण्ड बोलको गीतको म्युजिक भिडियोमा नरेश पातली, जशोदा कार्की, बादल घिमेरे र सिवानी कार्कीको शशक्त अभिनय देख्न पाइन्छ । यस गीतमा लय रचना घिमेरेकै रहेको छ ।

अध्ययनका लागि बझाङबाट धनगढी आएका पातली ‘नेपाल आइडल सिजन–२’मा भाग लिएपछि एकाएक भाइरल भएका युवा हुन् । उनले देखाएको प्रस्तुति भलै निर्णायकले खोजेको नहुन सक्छ । तर, उनको चर्चा भने चुलिएको छ ।

नरेशले देखाएको प्रस्तुतिले ‘नेपाल आइडल’को सिजन नै रमाइलो भएको थियो । अरुले उनीभन्दा धेरैंले राम्रो प्रस्तुति देखाए । तर, ती अहिले चर्चामा कम छन् । नरेशको प्रस्तुति खुब चर्चामा छ नै यसै क्रममा उनले पहिलो गीत बजारमा ल्याई सकेका पनि छन् ।

उनमा इच्छा थियो ‘नेपाल आइडल’को स्टेजमा गएर आफ्नो प्रतिभा देखाउने । नरेशको त्यो हुटहुटी पनि पूरा भयो । स्टेजमा ‘उ जितेर गई या हारेर गई’ बोलको गीत गाएर चर्चामा आएका १७ वर्षीय ती युवकले अन्ततः गायक बन्ने सपना पुरा गर्दै पहिलो गित पनि सार्बजनिक गरेका छन् ।

२०७५ असोज २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड