इमान्दार संवाददाता
३०५ पटक

दाङ ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका २ जिल्ला समितिले डिल्लीराज रावत केन्द्रीय अध्यक्ष रहेको संगठनमा गोलबद्ध हुन सबै क्रान्तिकारी पत्रकारहरुलाई आव्हान गरेका छन्।

शनिवार जाजरकोट र दाङ जिल्लामा बसेका २ छुट्टाछुट्टै बैठकले संगठनको तेश्रो राष्ट्रिय सम्मेलनपछि बसेको पहिलो पूर्ण केन्द्रीय समिति बैठकले आधिकारीक र संस्थागत निर्णय गरेर रावत नेतृत्वमा पदाधिकारी चयन गरेपछि जिल्ला शाखाहरुले उक्त संगठनमा एकताबद्ध हुन आव्हान गर्न थालेका छन् ।

शनिवार बसेको दाङ शाखा बैठकले रावत नेतृत्वमा रहेको क्रान्तिकारी पत्रकार संगठन नेपालको आधिकारिक टीममा एकताबद्ध हुन बिज्ञप्ति निकालेरै आव्हान गरेको छ ।

संगठनका केन्द्रिय अध्यक्ष रावतको प्रमुख आतिथ्यतामा बसेको बैठकले संगनठका विषयमा बजारमा आएका अनावश्यक हल्लाको पछी नलाग्न र भ्रममा नपर्न आम जनता, बुद्धिजीवी, ब्यापारी, संचारकर्मी सबैमा अनुरोध गरेको छ ।

संगठनका दाङ शाखाका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतमा बसेको बैठकले निवर्तमान अध्यक्ष जानकी दहित (चौधरी)लाई संगठनको केन्द्रीय सम्मेलनमा पारित विधान विपरीत गएको, सम्मेलनको म्याण्डेड बिपरित गुटबन्दी गरेको र संगठनका सहयोद्धाहरुको व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता निकृष्ट हर्कात गरेका कारण साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

संगठनका दाङ शाखा सचिव जंग बहादुर रेउले संचालन गरेको बैठकका प्रमुख अथिति केन्द्रीय अध्यक्ष राउतले राष्ट्रिय सम्मेलनको म्यान्डेडलाई रद्दीको टोकरीमा मिल्काउदै, अहिलेसम्मको जनवादी अभ्यासलाई लत्याएर ५/७ जनाको गुट निर्माण गरी, संगठनको दुई तिहाई बढी संख्यालाई वाइपास गरेर केही व्यक्तिहरुले आफुलाई क्रान्तिकारी पत्रकार संगठनका नेता कार्यकर्ता बताएर हौवा पिटेको भन्दै भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।

यस्तै अध्यक्ष रावतले आफुहरु निरन्तर नेपालको क्रान्तिकारी आन्दोलन, उत्पीडित, श्रमजीवी बर्ग तथा परिवर्तनका पक्षमा कलम चलाउदै निर्भिक जनपक्षीय पत्रकारिता गर्ने अभियानमा लामबद्ध भएको भन्दै कृष्णसेनले देखाएको बाटोमा निरन्तर अगाडी बढ्न सबै क्रान्तिकारी पत्रकारहरुलाई आग्रह गरेका छन् ।

यस्तै उता जाजरकोटमा संगठनका केन्द्रिय सदस्य तथा जिल्ला उपाध्यक्ष निर्मला थापाको अध्यक्षता शनिवार नै बसेको बैठकले पनि डिल्लीराज रावत नेतृत्वको क्रान्तिकारी पत्रकार संगठन नेपालमा एकताबद्ध हुन सबैलाई आव्हान गरेको छ ।

केही व्यक्तिले आफो निहित व्यक्तिगत स्वार्थपूर्तिका लागि सिङ्गो संगठन नै समाप्त पारेर भएपनि पार्टीको मूल नेतृत्व समक्ष संगठनका सिनिएर नेताहरुका बिरुद्ध लगातार गलत र कपोलकल्पित रिपोर्ट गर्दै संगठनको नेतृत्व हत्याएको बजार हल्ला आइरहेका बेला यस्तो निर्णय गरेको छ

जाजरकोट जिल्ला अध्यक्ष तिर्थ बोहरा संगठनको केन्द्रीय समिति बैठकमा सहभागी भइ आफ्नो जिल्लाको तर्फबाट एकताबद्ध भएको घोषणा गरेपछि जिल्ला संगठन रावत नेतृत्वको टीममा गोलबन्द भएको हो । जिल्ला अध्यक्ष बोहोरा आफ्नो कार्य व्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको अवस्थामा उपाध्यक्ष थापाको अध्यक्षतामा बैठक बसेको संगठनले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ती

क्रान्तिकारी पत्रकार संगठन, नेपाल
जिल्ला शाखा दाङ

बिषय ः– प्रेस बिज्ञप्ती
क्रान्तिकारी पत्रकार संगठन, नेपाल स्थापना काल देखि नै मिडियाको प्रेस स्वतन्त्रता, आम नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक आस्था र विचारको स्वतन्त्रताका लागि आवाज उठाउँदै आएको संगठन हो । आज भन्दा २४ बर्ष पहिले जारी भएको श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्नुपर्ने माग राख्दै आएको संगठन हो ।

श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारका पक्षमा हाम्रो संगठनले आह्वाज उठाउदै आएको कुरा अबगत नै छ । गत भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको नयाँ संस्करणले प्रेस तथा सञ्चारकर्मीहरुलाई अंकुश लगाउन खोजी रहेको सन्दर्भमा मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गर्नका लागि नेपाल सरकारले गठन गरेको कार्यदलको काममा बल पुग्नेगरि बहस तथा छलफलको घेरालाई अझै फराकिलो बनाउनुपर्ने हाम्रो संगठनले महसुस गरेको छ । यि र यस्तै बिषयमा रहेर यही असोज २० गते क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला कार्यसमिति, दाङका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षमा बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिकिकरणको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

बैठकले लिएका निर्णयहरु निम्न प्रकार रहेका छन् ः–
१) पत्रकारहरुको पेशागत पत्रकारीतालाई जनपक्षीय बनाउन बनाउन सामुहित तथा साझा छलफल चलाउने निर्णय गरिएको छ ।

२) गत भदौ १ गते देखि लागु भएको देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले गोपनीयताको कसुरलाई पनि फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधानका बारेमा फराकिलो तरिकाले बहस गर्ने निर्णय गरिएको छ ।

३) श्रमजिवि पत्रकारका साझा मुद्धामा सबैलाई गोलबन्द गराउनुका साथै मुद्धाहरुको अगुवाई गरेर सरकारलाई दवावमुलक संघर्षका कार्यक्रम संचालन गर्ने ।

४) क्रान्तिकारी पत्रकार संगठन नेपालका विषयमा केहि व्यक्तीहरुले संगठनका नाममा चलाएको अभियानलाई अवैधानीक मान्दै दाङ जिल्ला शाखाले डिल्लीराज रावत अध्यक्ष रहेको केन्द्रीय समितिलाई समर्थन गर्ने निर्णय गर्नुको साथै देशभरिका क्रान्तिकारी पत्रकारसंगठनका सबै साथिहरुलाई डिल्लीराज रावत अध्यक्ष रहेको संगठनमा गोलबन्द हुन अपिल गरिन्छ ।

७) दोस्रो जिल्ला सम्मेलनबाट अध्यक्ष चयन हुनुभएकी जानकी दहितले ६ महिना वितिसक्दासम्म पनि बैठक नै नबसाली संगठनका गतिविधिलाई गुम्राहमा पार्दै सामाजिक संजालमा संगठन भित्रका साथीहरुको चरित्रहत्या गर्नुका साथै संगठनको विधान विपरित गएकाले संगठनको साधारण सदस्य समेत नरहने गरि हटाउने निर्णय गर्दै अध्यक्षमा तत्कालिन उपाध्यक्ष सन्तोष कुमार गुप्तालाई चयन गरियो । साथै संगठनमा केहि नयाँ सदस्यहरुको पनि चयन गरिएको छ ।
धन्यवाद ।

२०७५/ ०६/२०

…………… ………………..

जंग बहादुर रेउले सन्तोष कुमार गुप्ता
सचिव अध्यक्ष

यस्तो छ जाजरकोट शाखाको बिज्ञप्ति

क्रान्तिकारी पत्रकार संगठन, नेपाल
जिल्ला शाखा जाजरकोट

बिषय ः– प्रेस बिज्ञप्ती
क्रान्तिकारी पत्रकार संगठन, नेपाल स्थापना काल देखिनै मिडियाको प्रेस स्वतन्त्रता, आम नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक आस्था र विचारको स्वतन्त्रताका लागि आवाज उठाउँदै आएको संगठन हो । आज भन्दा २४ बर्ष पहिले जारी भएको श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्नुपर्ने माग राख्दै आएको संगठन हो । श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारका पक्षमा हाम्रो संगठनले आह्वाज उठाउदै आएको कुरा अबगत नै छ ।

गत भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनको नयाँ संस्करणले प्रेस तथा सञ्चारकर्मीहरुलाई अंकुश लगाउन खोजी रहेको सन्दर्भमा मुलुकी देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गर्नका लागि नेपाल सरकारले गठन गरेको कार्यदलको काममा बल पुग्नेगरि बहस तथा छलफलको घेरालाई अझै फराकिलो बनाउनुपर्ने हाम्रो संगठनले महसुस गरेको छ ।

यि र यस्तै बिषयमा रहेर यही असोज २० गते क्रान्तिकारी पत्रकार संगठन, नेपाल जिल्ला कार्यसमिति, जाजरकोटका उपाध्यक्ष निर्णला थापाको अध्यक्षमा बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिकिकरणको लागि यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

बैठकले लिएका निर्णयहरु निम्न प्रकार रहेका छन् ः–
१) मिडियाको प्रेस स्वतन्त्रता, नागरिकले बोल्न पाउने अभिव्यक्ति स्वतन्त्रता, राजनैतिक आस्था र विचार स्वतन्त्रताको पक्षमा सबैसंग निरन्तर छलफल चलाउने निर्णय गरिएको छ ।

२) पत्रकारहरुको पेशागत पत्रकारीतालाई जनपक्षीय बनाउन बनाउन सामुहित तथा साझा छलफल चलाउने निर्णय गरिएको छ ।

३) गत भदौ १ गते देखि लागु भएको देवानी (संहिता) ऐन, २०७४, मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले गोपनीयताको कसुरलाई पनि फौजदारी कसुर मान्ने र सरकारवादी मुद्दा हुने प्रावधानका बारेमा फराकिलो तरिकाले बहस गर्ने निर्णय गरिएको छ ।

४) श्रमजीवी पत्रकार ऐन कार्यन्वयन गर्न र समानुपातिक बिज्ञापन प्रणाली लागु गर्न नेपाल सरकारसंग माग राख्ने निर्णय गरिएको छ ।

५) पत्रकारहरुको जीवन बीमा, स्वास्थ्य उपचार, उपकरण खरिदमा छुट अनुदान, पर्व भत्ता, क्षमता विकास तालिमको ब्यबस्था गर्न सरकारसंग माग राख्ने निर्णय गरिएको छ ।

६) क्रान्तिकारी पत्रकार संगठन नेपालका दुई वटा केन्द्रीय समिति भएको अबस्थामा जाजरकोट जिल्ला शाखाले डिल्लीराज रावत अध्यक्ष रहेको केन्द्रीय समितिलाई समर्थन गर्ने निर्णय गर्नुको साथै देशभरिका क्रान्तिकारी पत्रकारसंगठनका सबै साथिहरुलाई डिल्लीराज रावत अध्यक्ष रहेको संगठनमा गोलबन्द हुन अपिल गरिन्छ ।
धन्यवाद ।

२०७५/ ०६/२०

………………
निर्मला थापा
उपाध्यक्ष

२०७५ असोज २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड