आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
८५१ पटक

काठमाडौं ।

कंचनपुरको बेदकोट नगरपालिकाले दैजी-छेला औद्योगिक क्षेत्र निर्माण कार्य अघि बढाउनका लागि पहल गरिदिन कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई २९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार बेदकोट नगरपालिकाका मेयर अशोक चन्दसहित काठमाडौं पुगेको टाेलीले छेला औद्योगिक क्षेत्रको स्थापना, निर्माण र संचालन कार्य छिटो छरितो गर्नका लागि औद्योगिक क्षेत्र चारकिल्ला भित्रको जमिनको नापनक्सा समेत कायम भएकाले उक्त जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेड बालाजुका नाममा कायम गरीदिने ब्यबस्थाका लागि सम्बन्धित मन्त्रालयसँग आवश्यक सहयोग गराइदिन आग्रह गरेको हो ।

खासगरी नेपाल सरकारको नाममा रहेको दैजी-छेला क्षेत्रको २९३ बिगाहा जमिन  भोगाधिकार औद्योगिक क्षेत्र  ब्यबस्थापन लिमिटेड बालाजुलाई दिने निर्णय मन्त्रिपरिषद्बाट गराई दिन र  बन तथा बातावरण र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पनि आवश्यक सहयोग गरीदिन मेयर चन्दसहितको टोलीले प्रचण्डलाई आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रस्तावित दैजी औद्योगिक क्षेत्रको प्रगतिबिबरणसहितको २९ बुँदे ज्ञापन पत्र बुझ्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग यस विषयमा छलफल गर्ने बताएका छन् । यस्ता ठाउँमा मन्त्रीले काम गर्न खोजेपनि तलका कर्मचारीले एेन नियम कानुन देखाएर टालटुल गर्दै आएको भन्दै प्रचण्डले मन्त्रिपरिषद्बाट निर्णय गराउन प्रधानमन्त्रीसँग नै कुराकानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२०७३ चैतमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले कञ्चनपुरको दैजी–छेलामा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेपछि स्थानीय हर्षित भएका थिए । स्थानीय, राजनीतिक दल र कञ्चनपुर उद्योग वाणिज्य संघको लामो पहलपछि छेलामा ७ नम्बर प्रदेशस्तरीय औद्योगिक क्षेत्र घोषणा गरिएको थियो ।

तर घोषणा भएको ३ बर्ष बितिसक्दा पनि कार्यान्वयन नभएपछि स्थानीय निरास बनेका छन् । अहिले बेदकोट नगरपालिकाले औद्योगिक क्षेत्रको स्थापना, निर्माण र संचालनका लागि गृहकार्य गरिरहेको छ ।

हेर्नुहोस् यस्तो छ १९ बुँदे ज्ञापनपत्र

 

२०७५ असोज २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...