इमान्दार संवाददाता
२३१ पटक

काठमाडौं ।

पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस गरिएको छ । दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कर्णाली प्रदेश सदरमुकाम सुर्खेतलगायत आसपासका जिल्लामा महसुस गरिएको थियो । असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो ।

यसअघि ३ असोजमा पूर्वी रुकुमलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तर पछिल्ला समय पश्चिम नेपालमा गएको याे भूकम्प भने नयाँ भएका केन्द्रका वैज्ञानिकले बताएका छन् ।

२०७५ असोज १९ मा प्रकाशित ।

२०७५ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड