आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०१ पटक

काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेडले काठमाण्डौ महानगरको वडा नं. १४ स्थित कलंकीमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले यो सगै देशका विभिन्न जिल्लाका ७७ वटा शाखाहरुबाट वित्तीय कारोवार गरिरहेको छ । आगामी दिनमापनि देशका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार शाखाहरु विस्तार गर्दै लाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले जानकारी दिए ।

पोखरामा प्रधान कार्यालय रहेको बैंकले ७७ वटै शाखाबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दैआएको छ। बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह गर्नुका साथै एबीबीएस, एटिएम, ईसिसी÷आईपीएस, सि-आस्वा, मोवाइल बैंकिङ, लघुवित्त सेवा, रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गरिरहेको छ।

बैँकले आव २०७४/७५ मा सञ्चालन मुनाफा ७९ करोड ४० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप संकलन २३ अर्ब ५२ करोड र कर्जा लगानी २० अर्ब ६ करोड रुपैयाँ पुर्याएको छ। साथै बैँकको निष्कृय कर्जाको मात्रा अत्यन्त न्यून रहेको जनाइएको छ।

२०७५ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...