आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१३३ पटक

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सको २ लाख ७८ हजार ११९ दशमलव ३४ कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले १० बराबर ६ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रदमा अवितरित भएको संस्थापक र साधारण गरी सो परिमाणको शेयर लिलामी गर्ने भएको हो ।

नेशनल लाईफले असार २१ गतेसम्म कायम रहेका शेयरधनीका लागि १० बराबर ६ अनुपातमा ९९ लाख ३६ हजार ४७७ दशमलव ५४ कित्ता हकप्रद साउन १ देखि भदौ १९ गतेसम्म बिक्रीमा ल्याएको थियो ।

सो मध्ये रितिपूर्वक आवेदन दिने ८ हजार ७७३ जना आवेदकलाई ९६ लाख ५८ हजार ३५८ दशमलव २० कित्ता निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले असोज १७ गते बाँडफाँड गरेको इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम असोज २२ गते सोमबारदेखि फिर्ता भुक्तानी गरिने इन्स्योरेन्सको बिक्री प्रबन्धकले जनाएको छ ।

२०७५ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...