इमान्दार संवाददाता
१३६ पटक

काठमाडौं । नेपालको परम्परागत सीप र व्यवसाय न्यून हुँदै गएको भन्दै प्रदेशसभा सांसद शोभा शाक्यले त्यसको संरक्षण र प्रवद्र्धनका लागि सरकार गम्भीर हुनुपर्ने बताएकी छन् ।

गोल्डेन डायमन्ड एन्ड ज्वेलरीले पाटन दरबार क्षेत्रनजिकै हःखा टोल, बुद्धप्रतिमाअगाडि रहेको आफ्नै सोरुममा आयोजना गरेको ‘गोल्डेन डायमन्ड ज्वेलरी दसैं–तिहार मेला २०७५’को उद्घाटनकाक्रममा उनले यस्तो बताएकी हुन् ।

मेला उद्घाटनका अवसरमा सुनचाँदी तथा हिराका विभिन्न सामग्री उत्पादन र व्यावसायिक विकासमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य, विगत ७० वर्षदेखि सुनचाँदी व्यवसायमा संलग्न प्रतिभाशाली भाइ बज्राचार्य र पृथ्वीमान शाक्यलाई सम्मान गरिएको हो । उनीहरुलाई सांसद शोभा शाक्यले सम्मानपत्र, ज्वेलरीका अध्यक्ष ज्ञानुराजा शाक्यले दोसल्ला ओढाइ सम्मान गरे ।

नयाँ–नयाँ डिजाइनका सुन तथा हिराका गरगहना एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले आयोजित सो मेलामा प्रत्येक खरिदमा हातखाली नजाने उपहारका साथै भाग्यशाली एक ग्राहकका लागि ‘थाइल्यान्ड टुर प्याकेज’ उपहार दिने घोषणा गरिएको छ भने निःशुल्क स्वास्थ्य बिमाको प्याकेज उपलब्ध गराइनेछ ।

एक लाख २५ हजार रुपैयाँसम्मका गहना खरिद गर्ने ग्राहकका लागि दुई लाख रुपैयाँसम्मको बिमा गरिनेछ । यस्तै, एक लाख २५ हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्मका गहना खरिदकर्तालाई तीन लाख रुपैयाँको बिमा गरिने जनाइएको छ ।

यसैगरी, तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको गरगहना खरिद गर्नेलाई पाँच लाख र पाँच लाखदेखि १० लाखसम्मको गरगहना खरिद गर्नेलाई १० लाख रुपैयाँको बिमा प्याकेज उपहार दिने आयोजकको भनाइ छ ।

उद्घाटनकाक्रममा पूर्वमुख्यसचिव तीर्थमान शाक्य, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, ललितपुर महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष किरणभाइ बज्राचार्यलगायतले बोलेका थिए ।बिहीबारदेखि सुरु भएको मेला यही असोज २३ गतेसम्म चल्नेछ ।

२०७५ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड