आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१९ पटक

काठमाडौं ।

बुधबारको तुलनामा आज विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रिदर २८ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४५ र बिक्रिदर १० रुपैयाँ ५० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

२०७५ असोज १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...