आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३२१ पटक

काठमाडौं ।

उपप्रधान तथा रक्षामन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले आफ्ना दुई अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डीच पाँच वर्षे कार्यकाल बाँडेर लिने सहमति नभएको दाबी गरेका छन् ।

पोखरेलले त्यस्तो सहमति दुई नेताबीच र पार्टीमा समेत नभएको जिकिर गरे । यद्यपि प्रचण्ड र नेकपाकै कतिपय नेताले पाँच वर्षे संसद अवधिमा दुई अध्यक्षले आधाआधा कार्यकाल सरकारको नेतृत्व लिने सहमति भएको बताउँदै आएका छन् । दुई पार्टीको एकता भएर नेकपा बन्नुअघि तत्कालिन एमाले र माओवादी केन्द्रबीच सरकार र पार्टी नेतृत्वमा आलोपालो गर्ने चार बुँदे सहमति भएको बाहिर आएको थियो ।

‘आज २०७५ साल असोज १७ गतेका दिन म बोल्दैछु । आजका दिनसम्म चार बुँदे सहमति भएको मेरो लेभलको मान्छेलाई थहा छैन’, बीबीसी नेपाली सेवासँग बिहीबार राति पोखरेलले भने, ‘यो सरकारले पाँच वर्षको जनादेश पाएको छ । यसलाई खण्डित हुने गरी कुनै सहमति भएको छैन ।’

उनले पार्टीभित्रैबाट सरकारमाथि भइरहेको आक्रमणको विरोध गरे । सरकारबारे चित्त नबुझेका विषय पार्टी बैठक वा संसदीय दलमा राख्न उनले सुझाव दिए । कतिपय शीर्ष नेताले तरिका नपु¥याई सरकारबारे बाहिर बोलेको उनको टिप्पणी थियो

। फरक प्रसंगमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका पोखरेलले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धनमा छानबिन गर्न गठित आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी ओली न्यूयोर्कबाट बिहीबार फर्केलगत्तै गृहमन्त्री रामबहादुर थपालाई बुझाउने जानकारी दिए । उक्त प्रतिवेदनले संकेत गरेका अपराधीमाथि सरकारले कारबाही गर्ने उनले बताए ।

२०७५ असोज १८ मा प्रकाशित ।

२०७५ असोज १८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...