आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१७ पटक

काठमाडौं । भक्तपुर सुर्यविनायक स्थित पान्डुवजार चोकमा बुधबार साँझ ट्रिपरले मोटरसाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको  घटनास्थलबाट राजकुमार लामाले जानकारी दिएका छन् ।

ट्रिपरले सूर्यविनायकको सडकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने, एक जना गम्भिर घाईते भएका छन् । ठक्कर दिने टिपरलेलाई स्थानीयले पुर्णरुपमा जलाई दिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार ठक्कर दिने बा ४ ख ३६५० नम्बरको टिपर स्थानियले जलाएका हुन् । मृतक र घाइतेहरुको नाम भने खुलेको छैन । स्थितिलाई नियन्त्रणमा लिन प्ररीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरिएको छ ।

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि स्थानीयले ट्रिपर तोडफोड गर्नुको साथै आगजनी पनि गरेका हुन् । टिप्परमा लागेको आगो निभाउन गएको जुद्धवारुण यन्त्र भक्तपुरमा दमकललाई समेत आक्रोशित भीड्ले आक्रमण गरको छ ।

जसबाट आगो निभाउन गएका दमकल चालक र अन्य कर्मचारी समेत घाइते भएका छन् । यसअघि काठमाडौं उपत्यकामा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म टिपर चलाउने नपाइने निर्णय गरेको थियो ।

गृह मन्त्रालयले रोक लाएपनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयले समेत केही टिपरलाई चल्न दिने निर्णय गरेका थिए ।

२०७५ असोज १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...