आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३८ पटक

काठमाडौं ।

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणको चाप र कमजोर पूर्वाधार हुँदा दैनिक जहाजहरू घण्टौं आकाशमै होल्ड हुने समस्या देखिएको छ।

उपयुक्त स्लट व्यवस्थापन नहुँदा र धावनमार्गको कालोपत्रे उप्किने समस्याले जहाजको आकाशमै होल्ड हुने प्रवृत्ति बढ्दै गएको छ। आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण गर्ने समय नपाएर आकाशमै होल्ड हुँदा असुरक्षित उडानको वातवरण सिर्जना हुनसक्ने स्वयम् विमानस्थलकै अधिकारीहरू बताउँछन्।

जहाज धेरै होल्ड हुँदा इन्धन सकिने अवस्था समेत आउँछ जसले उडान खतरायुक्त हुन्छ। आन्तरिक उडानका साना जहाज पनि धेरै समय आकाशमै होल्ड हुने गरेका छन्।

आज इन्धन सकिन लागेको भन्दै इथोपियन एयरलाइन्सको जहाजले पहिले अवतरणको माग नै गर्यो। आकाशमै धेरै होल्ड भएर इन्धनको कारण देखाउँदै संयुक्त राष्ट्र संघ शान्ति मिसनको उक्त चार्टर उडानमा आएको जहाजले प्रायोरिटी ल्यान्डिङ एप्रुभ मागेको थियो।

विमानस्थलको धावन मार्ग चर्किंदा त्यसको मर्मत र उडानको विक समयले धेरै जहाज आकाशमै होल्ड थिए। जसमा पालोअनुसार उक्त जहाजले ढिलामात्र अवतरणको समय पाउने थियो। त्यतिबेलासम्म इन्धन अपुग हुने भन्दै जहाजले तत्काल अवतरण अनुमति माग गरेको थियो। यता, विमानस्थलका प्रवक्ता प्रताप तिवारीले भने विमानस्थलमा कुनै समस्या नभएको र जहाजले इन्धनको कारण देखाउँदै तत्काल अवतरणको अनुमति माग गरेको बताए।

तर विमानस्थलको धावनमार्गमा समस्या आएको थियो। धेरै घाम र पानी पर्दा धावनमार्गको कालोपत्रे उप्किने गरेको छ। दैनिक हुने यो समस्याले उडान तथा अवतरणमा समस्या हुँदै आएको छ।

कालेपत्रे उप्किदा विमानस्थल ३० मिनेट बन्द हुन्छ भने त्यसले ३ घण्टाको उडान अवतरण प्रभावित हुन्छ। धावनमार्गको पिचको आयु सकिएको र भूकम्पले झनै कमजोर बनाएपछि दैनिकजसो भत्किने गरेको छ। पिच परिवर्तन गर्ने भन्दै सरकारले २ वर्ष अघि टेन्डर निकालेको थियो। तर उक्त टेन्डरको काम अझै सकिएको छैन।

यही वर्ष माघदेखि जेठसम्म १० घण्टा विमानस्थल बन्द गरेर कालोपत्रे परिवर्तन गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले घोषणा गरिसकेका छन्।

२०७५ असोज १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...