आज : २०७५ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१७३ पटक

एजेन्सी । कुनै न कुनै परिवारका सदस्य जो पहिले एकै परिवारमा सवैजना सँगै बस्ने गर्थे तर अहिले दिन प्रतिदिन परिवारको संख्या कम हुँदै गएको छ ।

सानो परिवार, सुखी परिवारको अवधारणा अंगाल्दै एकल परिवारले महत्व पाएको छ । तर भारतको मिजोरममा आज पनि १ सय ८१ जनाको संयुक्त परिवार मिलेर बसेका छन् ।

भारतको पूर्वी राज्य मिजोरमका जीयोना चानाको संयुक्त परिवारको संख्या १ सय ८१ रहेका छन् । जसलाई एउटा फ्रेममा अटाउन मस्किल पर्छ र जहाँ होटलमा भन्दा बढी खाना पाक्छ ।

यस परिवारको मुख्य व्यक्ति ६७ बर्षीय जीयोना चानाले १७ वर्षको उमेरमा पहिलो विवाह गरेका थिए । उनका ३९ जना श्रीमती , ९४ जना छोराछोरी , १४ जना बुहारी र ३३ जना नाती नातिनाहरु छन् । चार तल्लाको, सय कोठे यो घरमा बस्छन् उनको सम्पूर्ण परिवार ।

बाक्तवान गाउँमा बस्ने यो परिवारका सवै सदस्यहरु प्रेमपूर्वक एउटै घरमा विना कलह बस्दै आएका छन् । यहाँ घरका सवैलाई एउटै भान्सामा खाना पाक्छ र सवै सँगै बसेर खाना खान्छन् ।

उनका श्रीमतीहरु पनि सँगैमिलेर खाना बनाउँछन् र एक अर्काको काममा मद्धत गर्छन् । छोरीहरुले घरको सरसफाई लगायत अन्य कामहरु सम्हाल्दै आएका छन् । र, यहाँ दिनको १ सय ३० किलो भन्दा बढी खाना पाक्ने गर्छ ।

गिनिज बुक अफ् वल्र्ड रेकर्डमा सामेल उनको परिवारका सदस्यहरु खुसी छन् । ३९ पत्नीका पति जियोना यसलाई ईश्वरको वरदान र आफूलाई भाग्यमानी ठान्छन् ।

२०७५ असोज १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...