आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१६ पटक

काठमाडौं। माछापुच्छ्रे बैंकले पशुपतिनाथको दर्शन गर्न आउनेहरुकालागि लकर कक्ष निर्माण गरेर आइतबार पशुपति क्षेत्र विकास कोषलार्इ हस्तान्तरण गरेको छ।

कक्षको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरे। बैंकले १८ औ वार्षिकोत्सवको अवसरर पारेर उक्त कक्षको निर्माण गरेको हो।

पशुपति मन्दिर घुम्न आउने तिर्थालुहरुको सुविधाको लागि बैंकले लकर घर निर्माण गरी ५१० थान लकर राखेको जनाएको छ। उक्त लकर कक्षमा भक्तजनले आफ्नो सरसामान सुरक्षित रुपमा राख्न सक्ने बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

माछापुच्छ्रे बैंकले हालसम्म ८६ शाखा, एक्सटेन्सन काउन्टर, २९ वटा शाखा रहित बैंकिङ सेवा सहित जम्मा ११७ स्थानबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ। यसका साथै ९९ वटा एटिएमहरु संञ्चालनमा रहेका छन्।

२०७५ असोज १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...