आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०३ पटक

काठमाडौ। दशैँ नजिकिँदै गर्दा शेयर बजारमा गिरावट देखिन थालेको छ। साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो।

आइतबार सूचक १०.४७ अंकले घटेर १२५६.७१ अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१४ अंकले घटेर २६७.०९ अंकमा झरेको छ।

शेयर बजारमा गिरावट देखिएपनि यो गिरावटले बजारलाई खासै असर नगर्ने इन्भेष्टर फोरमकी सदस्य दुर्गा तिवारीले जानकारी दिइन्।

उनी भन्छिन् “यो गिरावट भनेको बढेको बजारलाई माथि लैजाने खुड्किलो हो “। यतिखेर बजार बढ्दो गतिमै रहेको तिवारीको दाबी छ।
आइतबार दशैँ र ब्याजको प्रेसरले बजारलाई थोरै घटाएको उनको भनाइ छ। दशैँकालागि पैसाको जोहो गर्न लगानीकर्ताले शेयर बिक्री चाप बढाएको कारण बजार घटेको तिवारीले बताइन्।

यसैगरी यो महिनाको अन्तिममा दशैँ परेको छ र शेयर ऋण लिएर लगानी गर्नेले त्रैमासिक व्याज पनि तिर्नुपर्ने दबाबका कारण शेयर बजार घटेको उनको अनुमान छ।

आइतबार १६६ कम्पनीका २० लाख कित्ता शेयर ५८ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। सबैभन्दा बढी ग्लोबल आइएमइ बैँकको ६ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भयो।

उपसूचकमा ट्रेडिङ बाहेक सबै घटेका छन्। ट्रेडिङ् १.८६ अंकले बढेको छ। आइतबार सबैभन्दा बढी साल्ट ट्रेडिङ्का शेयरधनीले करिब चार प्रतिशत कमाए। महालक्ष्मी विकास बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाए।

२०७५ असोज १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...