इमान्दार संवाददाता
२०३ पटक

कठमाडौं।
टुँडिखेलमा आयोजित संविधान दिवस समारोहको हेरिरहेकी नेकपा सांसद एकाएक ढलेपछिधेरैको ध्यान केहीबेर त्यतातिर गयो ।
नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी कार्यक्रमको क्रममा बेहोस भएकी हुन् । चौधरी बेहोस भएर ढल्नुको कारण चर्को घाम रहेको अनुमान गरियो ।
तर उनी लडेपनि तत्काल मेडिकल टिम भने तत्काल पुग्न सकेन । सेनाको एम्बुलेन्स पनि ढिलो गरी पुगेको थियो । आखिर स्वास्थ्यका लागि सबैलाई हतारो हुन्छ नै । सांसदलाई पनि गाह्रो त हुँदो रहेछ तत्काल मेडिकल टिम नपुग्दा । जामले हैरान खेपेका कयौं बिरामी जनतालाई के भयो होला कुन्नी त्यो अवस्य अवगत गरायो की आज ?
कार्यक्रममा उपस्थित उच्च पदस्थहरु कार्यक्रममै ध्यानमग्न भएका बेला चौधरी ढलेकी हुन् ।