आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२१३ पटक

काठमाडौं ।

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका बुवाआमा न्याय खोज्दै काठमाडौं आइपुगेका छन्  ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्मलाका बाबु यज्ञराजले प्रहरीको साथ नपाएको गुनासो गर्दै भक्कानिए ।

उनले सरकारसँग पनि गुनासो गरे । उनले आफ्नो छोरीको हत्या भएको घटनाबारे सुनाउने क्रममा पत्रकार सम्मेलनमै रुदै उनले न्याय दिन नसक्ने भए, हामी सक्दैनौं भनेर आफूलाई पनि गोली ठोकिदिन सरकारलाई आग्रह गरेका छन् । निर्मलाका बुबा यज्ञराजले छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लास पनि त्यतै होला भनेको प्रसंग सुनाउँदै गर्दा उनी सम्हालिनै सकेनन् ।

रुमालले आँसु पुछ्दै उनले भने, ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई संरक्षण गरिरहेको छ ।’
उनले घटनाका सम्बन्धमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीज्यूले बोल्नुभएको एउटा कुरा पनि सही छैन, उनले भने ‘मलाई न्याय दिलाउनुर्पयो जसरी भए पनि ।’

के भनेका थिए प्रधानमन्त्रीले ?

अघिल्लो बुधबार ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे सोधिएको थियो ।

जवाफमा प्रधानमन्त्रीले समाजलाई विकृतितर्फ लैजाने संगठित प्रयास भइरहेको बताएका थिए । घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सरकारले एसपी, सीडीओलाई फिर्ता बोलाएर अर्को उच्चस्तरीय छानबिन समिति बनाएको बताए । ‘तर, छानबिनलाई यसो हुनुहुँदैन । यसो हुनुपर्छ, यसै निश्कर्ष आउनुपर्छ भनेपछि छानबिन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन’ उनले भने ।

राजनीति मिसिएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘म यति भन्छु कि राजनीति मिसाइनु हुँदैन ।’

उनले अघि भने, ‘पोष्टमार्टम गरेर घरमा लगेको शव घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने । यो के भएको ? परिवारले त शतगद गर्न पो लैजाँदै थियो । उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ?’

उनले निर्मलाली साथी रोशनी बम र उनकी दिदी बबिता बमको हुर्मत लिने काम भएको भन्दै आपत्तिसमेत जनाए । यदि उनीहरु दोषी भए कारबाही गर्ने भन्दै ओलीले भने, ‘तर, कारबाही गर्नुभन्दा अगाडि केके भनिएको छ ? समाजले केके गरेको छ ? यस्तो गर्नुहुन्छ ?’

‘तिनीहरु दोषी हुन् कि होइनन् छानबिन गर्नुपर्छ । उनीहरु पनि अविवाहित महिला हुन्, तिनका पनि जीवन होला, तिनका पनि सपना होला । तिनको पनि इज्जत छ । यसो गर्थे, उस्तो गर्थे, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने ? छिमेकी मन नपर्न सक्छ, कुनै पार्टीलाई भोट देलान् । यस्ता कुरा ल्याउनमिल्छ ?’

बम दिदीबहिनीमाथि क्रुर आक्रमण भएको प्रधानमन्त्री ओलीको दाबी थियो । घटनापछि प्रहरी प्रशासनले छानबिन गरिरहेको बेला आन्दोलन उठेको र हुलदंगा मच्चिएको र सरकारले अर्को छानबिन समिति बनाएपछि पनि यस्तो निश्कर्ष आउनुपर्छ भनेर काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

निर्मलाका बुबा यज्ञराजका अनुसार आन्दोलनका क्रममा निर्मलाको शव मेयरको आगनमा लगिएको थिएन । प्रधानमन्त्री स्वयंले झुटो बोलेकोमा निर्मलाका बाबुको दुखेसो छ ।

बम दिदीबिहनीमाथि छानबिन हुनुपर्छ भन्ने माग मात्र आफूहरुको भएको उनले बताए । तर, प्रधानमन्त्री स्वयंले ‘तिनीहरु अविवाहित छन्, उनीहरु पनि इज्जत छ । समाज सभ्य हुनुपर्छ’ भनेको भन्दै निर्मलाका बाबु यज्ञराजले रुँदै भने, ‘दोषी यिनी हुन् भनेर हामीले कहिल्यै भनेका छैनौं । उनीहरु निर्दोष छन्, साइकल त्यहाँ भेटिएको छ भनेर प्रमाणहरु मेटाउने काम भयो ।’

हेर्नुहोस् भिडियो 

२०७५ भदौ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...