आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१३२ पटक

लिस्बन। 

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा बेल्जियमको राजधानी ब्रसेल्समा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरम भेला भएका दिदीबहिनीहरुले सामूहिक दर खानुका साथै एक आपसमा तीजको शुभकामना आदानप्रदान गरेका थिए । नेपाली राष्ट्रिय गानसँगै शुरु भएको कार्यक्रम नेपालबाट आएका कलाकारद्वय गायिका सितल पाण्डे र मोडल अञ्जली अधिकारीले आ–आफ्नो सांगितीक प्रस्तुती मार्फत् सहभागीहरुलाई नचाएका थिए ।

कार्यक्रम केन्द्रका अध्यक्ष अर्जुन घिमिरेको अध्यक्षता तथा नेपाली राजदुतावास बेल्जियमका द्धितीय सचिब भोजराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो अवसरमा एनआरएन बेल्जियमका बरिष्ठ उपाध्यक्ष कमल पन्थी, नेपाल ब्रसेल्स आमा समूहकी अध्यक्ष देवी गौतम, केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम लगायतले प्रवासमा हुने यस्ता खालका सांस्कृतीक गतिबिधीले नेपाली लोक संस्कृतीको संरक्षण र प्रबर्द्धनमा टेवा पूग्ने बताए ।

कार्यक्रम केन्द्रका उपाध्यक्ष सरस्वती सुबेदीको स्वागत तथा केन्द्रका महासचिव श्रृजना कार्की थापाको संचालनमा सम्पन्न भएको थियो ।कार्यक्रममा नेपाल ब्रसेल्स बाल सांस्कृतिक केन्द्रका बालकलाकारहरुको प्रस्तुतिले सहभागीहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

२०७५ भदौ २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...