इमान्दार संवाददाता
३१ पटक

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको हास्यास्पद अभिव्यक्ति दिएका छन् । २०६२-६३को आन्दोलनको पछि सुरु भएको नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

तत्कालिन अबस्थामा शान्ति प्रक्रियामा आएको माओवादी ५ टुक्रामा बिभाजन भइ अझै पनि माओवादी नामका अलग-अलग पार्टी बनाएर आफ्ना-आफ्ना गतिबिधि गरिरहेका छन् ।

जनयुद्धबाटै आएका अधिकांस नेता कार्यकर्ता रहेको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले अहिले पनि जनसरकार र जनअदालत बनाएरै आफ्नो गतिबिधि अगाडी बढाइरहेको बेला प्रचण्ड यस्तो हास्यास्पद अभिव्यक्ति दिनुले नेपालकै बेइज्जेत मात्र भएको विज्ञहरुले बताएका छन् ।

नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताए ।

उनले भने, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग¥यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।”

भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताए ।

२०७५ भदौ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...