आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४३ पटक

दाङ । 

सर्वोच्च अदालतले ४८ घण्टाभित्र काठमाडौँ झिकाउन पत्र काटेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आज बिहान काठमाडौँ ल्याइएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्चले पत्र काटेपछि प्रकाण्डलाई आज बिहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं ल्याइएको हो ।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई लक्षित गर्दै बम विस्फोट गराएको आरोपमा प्रकाण्डलाई अनुसन्धानको लागि दाङ लगिएको थियो ।

जिल्ला अदालत दाङले अनुसन्धानका लागि ८ दिन थुनामा राख्न समय दिएको उक्त समय नसकिँदै सर्वोच्चले प्रकाण्डलाई काठमाडौँ झिकाउन पत्र काटेको हो । प्रकाण्डलाई काठमाडौं ल्याइए पनि दाङको मुद्दामा अनुसन्धान जारी नै रहने प्रहरीले जनाएको छ ।

२०७५ भदौ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...