इमान्दार संवाददाता
२१ पटक

काठमाडौं ।

ग्लोबल आइएमई बैंकले गुल्मीमा २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

थप गरिएका सहित बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०२ पुगेको छ। गुल्मी दरबार गाउँपालिकाको चारपला र सोही गाउँपालिकाको बलिथुममा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएको हो।

चारपलामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानीय नारायण प्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको स्थानीय उत्तम पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ। यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन्।

यी शाखारहीत सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा ग्राहकले पाउने छन्।

बैंकले देशभर १३१ शाखा, १३५ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १५ वटा राजश्व संकलन काउन्टर र १०२ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ सम्पर्क कार्यालय मार्फत ९ लाख बढी ग्राहकलाई सेवा पुर्याएको छ।

२०७५ भदौ २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...