इमान्दार संवाददाता
१८० पटक

काठमाडौं ।

सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले इजलास पाएका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका जोशी नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि सर्वोच्चमा फर्किएका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पहिलो दिन जोशीलाई मुद्दा हेर्न दिएनन् । तर, शुक्रबार उनलाई एकल र संयुक्त इजलास तोकिएको छ ।
लामो बिदापछि सोमबार अदालतमा हाजिर भएका जोशीलाई दुई दिनपछि पेसी तोकिएको हो ।

संसदीय सुनवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नयाँ प्रधानन्यायाधीश ओमप्रकाश मिश्र बनेका छन् । सर्वोच्चमा मिश्र पदभार ग्रहण गर्न गएको बेला जोशीले नै स्वागत गरेका थिए ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जोशीलाई दुई सार्वजनिक हितका निवेदन र एउटा उच्च अदालत डोटीको आदेश बिरुद्ध उत्प्रेषण माग भएको रिटका लागि पेसी तोकेका हुन् । नेकपाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सन्देश पठाएपनि जोशी सर्वोच्चमा नियमित हाजिर भइरहेका छन् । उनी बिरुद्ध महाअभियोग समेत लगाउने चर्चा चलिरहेको छ ।

संसदीय विशेष सुनवाई समितिबाट अस्वीकृत भएका जोशी त्यसपछि लामो समय बिदामा बसे। संसदीय सुनुवाई विशेष समितिले १८ साउन (२०७५) मा उनलाई प्रधानन्यायाधीश बन्न अयोग्य रहेको जिकिर सहित न्याय परिषद्को सिफारिस अस्वीकृत गरेको थियो ।

२०७५ भदौ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...