आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२५८ पटक

काठमाडौं ।

नेपालमा पाइने बाँदरका कारण स्वास्थ्य समस्या बढ्नसक्ने खतरा देखिएको छ । स्वयम्भू र पशुपतिमा बिरामी भएका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु क्याम्पियो नामक ब्याक्टेरिया भेटिसँगै जोखिम देखिएको हो ।

स्वयम्भू र पशुपति क्षेत्रका धेरै बाँदर बिरामी भएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सीएमडीएन) नामक संस्थाले बाँदरको दिसा संकलन गरी नमूना परीक्षण गरेको थियो ।

परीक्षणपछिको अनुसन्धानका क्रममा क्याम्पिलो ब्याक्टेरीया भेटिएको सीएमडीएनले जनाएको छ । क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम उच्च रहेको र यो सरेमा आन्द्राको क्यान्सरसम्म हुने स्वास्थ्य क्षेत्रका जानकारहरुले बताएका छन् ।

२०७५ भदौ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...