इमान्दार संवाददाता
४३२ पटक

सुर्खेत ।

क्रान्तिकारीहरु देशैभरि ध्रुवीकरण तीव्र भइरहेको बेला सुर्खेतमा पूर्व माके र एमालेका २३ जना कार्यकर्ताहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

ओली-प्रचण्डले आफ्नो व्यक्तिगत स्वार्थका लागि जनतालाई धोका दिएको र अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्थाबाट कुनै पनि निकास हुन नसक्ने भन्दै विद्रोह गरी नेकपामा २३ जना पूर्व माके–एमालेका कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

नेकपाले भदौ १ गते देखि सुरु गरेको ‘संगठन सुदृढीकरण तथा विस्तार अभियान’ मा उनीहरु प्रवेश गरेका हुन् ।
उक्त कार्यक्रममा १ नं कमान्डका टिम कमाण्डर महेश, टिमको इन्चार्ज यामराज र नरेश लगायतले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

उक्त कार्यक्रममा बोल्दै वक्ताहरुले दलाल सरकारले गर्ने भ्रष्टाचार, अनियमितता कर, असुली, कालाबजारी, बलात्कारी, शोषन दमनको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि जनतालाई नेकपामा गोलबन्द हुन आह्वान गरेका छन् ।

२०७५ भदौ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...