आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२२४ पटक

काठमाडौं ।

गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ ।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले पनि र्सुन्चेत भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकोप्टर भेट्टाएको पुष्टि गरे ।

गोरखाबाट काठमाडौं उडेको अल्टिच्युड एअरको हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर शनिबार बिहान ८ बजेर ५ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो। हेलिकोप्टर क्याप्टेन निश्चल केसीले उडाइरहेका थिए।

२०७५ भदौ २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...