इमान्दार संवाददाता
७० पटक

काठमाडौं ।

बागलुङका एक युवाले इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको तानग्राम–२ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन् ।

गत अगष्ट १६ तारिख बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको जानकारी प्राप्त भएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । यो नेपाली दूताबासले इटालीलाई समेत हेर्दै आएको छ ।

दूतावासका द्वीतीय सचिव भुवन पौडेलका अनुसार घटनाबारे परिवारलाई समेत जानकारी भइसकेको छ । पौडेलले भने-‘बेल्जियममा रहँदै आएका मृतकका आफन्त राजु थापाको रोहवरमा इटालीमै शतगतिका लागि परिवारले अनुमति दिएको छ ।’

झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ । उनको तलब, बैंक वा कतै रकम रहेमा सो पत्ता लगाउने पहल भइरहेको दूताबासले जनाएको छ ।

२०७५ भदौ १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...