इमान्दार संवाददाता
५३ पटक

काठमाडौँ । 

प्रभु बैंक लिमिटेड र नेपाल आँखा अस्पतालले संयुक्त रुपमा आँखा शिविर सञ्चालन गर्ने भएका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक क्रियाकलापमा सहाभागी हुँदै आएको बैंकले आँखा शिविर सञ्चालन गर्ने भएको हो ।

प्रभु बैंक र त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबीच आँखा शिविर सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा बैंकका कार्यकारी अधिकृत अशोक शेरचन र अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले एक समारोहबीच हस्ताक्षर गरेका छन् । शिविरको लागि बैंकले पाँच रुपैयाँ सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

भौगोलिक विकटता र आर्थिक रुपमले विपन्न आँखा रोगका बिरामीहरुलाई लक्षित गरी शिविर संचालन गरिने बताइएको छ । उक्त शिविरको आर्थिक भार बैंकले भार बेहोर्ने सम्झौतापत्रमा उल्लेख छ ।

आँखा शिविर भौगोलिक तथा मौसम अनुकुलतालाई मध्येनजर गर्दै आगमी २०७५ चैत्र मसान्तभित्र सम्पन्न गरी सक्ने कार्यक्रम रहेको छ । शिविरमा सहभागिता जनाई सम्बन्धित क्षेत्रका सर्वसाधारणहरुले आँखा जाँच गराउनुका साथै, आँखाका जटिल बिरामीहरुको उपचार गराइने बताइएको छ ।

पहिलो चरणमा काठमाडौं, ललितपुर, काभ्रे र धादिङ्ग जिल्लाका विकट ठाउँमा सञ्चालन गरिने छ । उक्त शिविर मालगभग १ हजार जना आँखाका बिरामीहरुको सफल उपचार गरिने लक्ष्य लिइएको छ । शिविरबाट सर्वसाधारण एवं भौगोलिक विकटता तथा विपन्न आयस्तरका कारण लामो समयदेखि उपचार नपाईरहेका व्यक्तिहरुले समेत उपचार सेवा पाउने बैंकले विश्वास लिएको छ ।

२०७५ भदौ १३ मा प्रकाशित ।

२०७५ भदौ १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...