आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४१० पटक

पत्रकार तथा सर्जक धनराज वास्तविकको लय तथा शब्द संकलनमा तीजगीत ‘माइती घर’ सार्बजनिक गरिएको छ । नेपाली नारीहरुको पहिचान र मौलिकताका रुपमा लिने गरिएको हरितालिका तीज पर्वले आकार परिवर्तन गरेको छ ।

पछिल्लो समयमा पुरुषहरुलाई पनि यस पर्वले राम्रैसित छुने गरेको छ । सर्जक वास्तविकको शब्द सिर्जना रहेको उक्त गीतमा गायिका तृप्ती खड्का ‘गुरुङ’ र यम बिष्टको स्वर रहेको छ । गीतको संगीत सयोजन कृष्ण भान्जाले गरेका छन्।

गीतमा बर्षौसम्म पनि आफू माइती जान नपाएको एउटी चेलीको कथा समावेश गरिएको सर्जक वास्तविक बताउँछन्। साथी सङ्गी र आफन्तको याद, बालापनमा हाँसे खेलका मेलापात, चौर अनि चौतारीहरुको सम्झना मेट्न नपाएको र वर्षौसम्म पनि माईति घर जान नपाएका दुःदहरु गीतमा समावेश छन्।

यसपालिको तीजमा जसरी पनि माइतीघर जाने कुरालाई समेटिएको छ । लोकप्रिय निर्देशक विक्रम चौहानको निर्देशन रहेको यस गीतमा बिजय गुरुङ, टीका जौशी, रमेश कार्की र रेखा बस्नेतको उत्कृष्ट नृत्य देख्न सकिन्छ । प्रकाश खड्काले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन् भने राजेश कुमारले भिडियो सम्पादन गरेका छन् ।

२०७५ भदौ ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...