आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
७७३ पटक

काठमाडौँ । 

काठमाडौँमा रहेको लिक्ष्वीकालिन १४ सय बर्ष पुरानो येंगा हिटी ढुंगेधारा सरसफाई गरिएको छ । सरसफाइपछि लोपोन्मुख अबस्थामा रहेको ढुंगेधारा पुनरजिवित भएको छ ।

काठमाडौँ महानगर पालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको पहलमा तथा “सेभ नेपाल भ्याली” स्थानीय क्लव र अन्य सामाजिक सस्थासँगको सहकार्यमा नेपाली सेना स्थानीयलगायतको सहभागितामा ढुंगेधारा सरसफाई गरिएको हो ।

काठमाडौँ महानगर पालिका वडा न २१ स्थित येंगलमा रहेको यो ढुंगेधारा सोमबार सरसफाई गरि संरक्षण प्रारम्भ भएको छ । उक्त ढुंगेधारातत्कालिन बेला उपत्यकामा ब्यबस्थित सहरको परिकल्पना गरि उक्त स्थानमा निर्माण गरिएको बताइएको छ ।

त्यतिबेला म्हैपीलाई खदग्को शिर र हालको येंगाल टोललाइ बिड्को रुपमा मानि नगर रक्षार्थ आठ अष्टमात्रिका विराजमान गर्दै गुनकमदेवले काठमाडौँ नगर बसाउदा एउटा खाल्डो खनी बिधिपुर्वक उदघाटन गरेको किम्बदन्ती रहि आएको छ ।

उप मेयर खड्गीले ऐतिहासिक सम्पदालाइ संरक्षण गर्ने दायित्व महानगर पालिकाको रहेको कारण यसका लागि चाहिने ब्यबस्थापनमा पूर्ण सहयोग गर्ने प्रतिवद्दता जाहेर गरिन ।

चन्द्र शमशेरका बंशजहरुले आफ्नो ग्राउण्डभित्र पारी अतिक्रमण गरिएको उक्त ढुंगेधारा लामो समयपछि २०६४ सालमा नेकपा माओवादीले उत्खनन गरेपछि खुल्ला गरिएको थियो ।

हाल संरक्षणको अभावमा पुरिदै गएको ढुंगेधारा पुनः सरसफाई गरि संरक्षण थालिएको  “सेभ नेपाल भ्याली”का संयोजक सुरज महर्जनले जानकारी दिएका दिएका छन् ।

बौद्ध,शैब, हिन्दु संयोजन तिर्थ स्थलका रुपमा निर्मित उक्त ढुंगेधारा लिक्ष्वीकालिन समयमा गयाशुद्धीन तुग्लुक मुसलमानको आक्रमणमा केहि मुर्तिमा क्षेती समेत भएको थियो, भने नरेन्द्र देवको राज्य कालमा हालको बुढानिलकण्ठ बिष्णुको मुर्ति यसै स्थानमा रहेको बिषय दुइवटा सिलालेख्मा स्पस्ट लेखिएको छ ।

यसरी पुरातात्विक सास्कृतिक राख्ने स्थान, मठ मन्दिर र ढुंगेधारा लगायतका थुपै सास्कृतिक महत्वका स्थानलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा संरक्षण गर्नुपर्ने सरोकारवाला निकायहरुको विश्लेषण रहेको छ ।

२०७५ भदौ ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...