आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४१० पटक

रमेश कुमार वोगटी, कालीकोट।

नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दले कालिकोट जिल्लालाई निकै प्रभावित बनाएको छ । बन्दको क्रममा जिल्लाका विभिन्न ठाउँमा बम बिस्फोट भएका छन् ।

बन्दकी दिन दिउँसो २ वजे जिल्ला सदरमुकाम मान्मामा रहेको जिल्ला नापी कार्यालयमा शक्तिशाली प्रेसर कुकर बम विष्पोट भएको छ ।

खाँडाचक्र नगरपालीका वडा नंः १ मा रहेको जिल्ला मालपोत कार्यालय र जिल्ला नापि कार्यालयलाई लक्षित गरी बम विष्पोट भएको हो । करिब २ वजे तिर तिन, चार जनाको संख्यामा आएका अपरिचित व्यक्तिले नापि कार्यालयको भित्तामा बम बिष्पोट गराएर भागेको स्थानियवासीले वताएका छन ।

बम बिष्पोट गराएको आधा घण्टापछि मात्र प्रहरी घटना स्थलमा पुगेको थियो । बिष्पोटले नापी कार्यालयको पछाडि पट्टिको भागमा सामान्य क्षति पुर्याएको छ ।  अहिलेसम्म बिस्फोटको जिम्मा कसैले लिएकाे छैन ।

त्यस्तै कर्णली राजमार्ग अन्तर्गत कालीकोटको कालेखोलामा पनि शक्तिशालि बम बिष्पोट भएको छ । कर्णाली राजमार्गमा चल्ने यातायतका साधनलाई तर्साउने हिसाबले बम बिष्पोट गराईएको वताईएको छ ।  जिल्लामा बन्दका क्रममा दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सान्नि त्रिवेणि गाउँपालीका ८ का कासि दर्जि र नरहरनाथि गाउँ पालीका १ कोटबाडाका अनिपाल विश्कर्मा रहेका छन् । बन्द गराउदै हिडेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निरीक्षक निरोज चौलागाइले जानकारी दिएका छन ।

२०७५ साउन २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...